
Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार उनले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै जित हात पारेका हुन् ।
पुडासैनीले एक हजार ४८२ मत प्राप्त गर्दा अर्का उम्मेदवार खरेलले ९ सय ७७ र खत्रीले ४९६ मत प्राप्त गरेका हुन् ।
यसैगरी उपाध्यक्षमा उज्ज्वल कार्की, डा.रक्षा थापा र रामप्रसाद कँडेल तथा महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले विजयी भएका छन् ।
त्यस्तै सदस्यहरुमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्ष पदमा राममाया विष्ट थापा विजयी भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij