
Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौँ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक १६ दिनका लागि बन्द गरिएको छ ।
मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्दगरिएको हो ।
मेरिङ्देन गाउँपालिकाका अनुसार शनिवारदेखि आउँदो साउन २५ गतेसम्मका लागि लिङ्तेप–थुकिमा सडक खण्ड बन्द गरिएको हो । मेरिङदेन सडक खण्ड अन्तर्गत मेरिङदेन गाउँपालिका वडा नं. ४, लिङतेप र ५, थुकिमाको बिच सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेड द्वारा होम पाईप सेटिङ र ढलान कार्य भइरहेकोले उक्त समय अवधिभर सडक बन्द गर्नुपरको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सुचनामा भनेको छ- मेरिङदेन सडक खण्ड अन्तर्गत मेरिङदेन गाउँपालिका वडा नं. ४, लिङतेप र ५,थुकिमाको बिच सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेड द्वारा होम पाईप सेटिङ र ढलान कार्य भइरहेकोले आज मिति: २०८२ साउन ९ गते देखि साउन २५ गते सम्म (जम्मा १६ दिन) सवै खालको सवारी साधन आवत जावत बन्द गरीएको जानकारी गराउदछौं ।
सम्पुर्णमा माथि उल्लेखित समयावधि भर बैकल्पिक बाटोको रुपमा थुकिमाको मुदुम्सको मुख्य सडक खण्ड - माश्रेङ स्वास्थ्य चौकी हुदैँ मुङ्वाखोला लिङ्तेप - कान्छी बजारको बाटो प्रयोग गरिदिनहुन समेत अनुरोध गर्दछौं।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij