
Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । आफ्नै श्रीमती ४० वर्षीया रबिना ठाडा मगरको हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१३ सुगर खोला बस्ने ४२ वर्षीय दानसिंह ठाडा मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij