Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

काठमाडौं महानगरका सार्वजनिक स्थलमा धुम्रपान जरिवाना, पार्किङमा पनि कडाइ

काठमाडौं महानगरका सार्वजनिक स्थलमा धुम्रपान जरिवाना, पार्किङमा पनि कडाइ

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक ऐनमार्फत यस्तो व्यवस्था गरिएको हो ।

    images
    images
    images

    नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थानमा अत्यधिक धुम्रपान र जनगुनासो बढेपछि कडाइ गर्न आर्थिक ऐनमा नयाँ जरिवाना व्यवस्था गरिएको हो ।

    images

    पार्किङमा पनि कडाइ

    पार्किङसम्बन्धी उल्लंघनमा पनि कडा जरिवाना तोकिएको छ ।

    मोटरसाइकल/स्कूटर: १ हजार रुपैयाँ

    images

    चारपाङ्ग्रे (कार, जीप, डेलिभरी भ्यान): २ हजार ५ सय रुपैयाँ

    मिनीबस/मिनीट्रक: ३ हजार ५ सय रुपैयाँ

    ठूला सवारी (बस, ट्रक): ५ हजार रुपैयाँ

    विज्ञापन र फोहोरका लागि भारी जरिवाना

    प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमा १० हजार रुपैयाँ

    विना अनुमति होडिङ बोर्ड विज्ञापन गरेमा १० हजारदेखि १ लाख रुपैयाँ

    पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर टाँस्दा वा फोहोर गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँ

    खम्बा, पर्खालमा पेन्टिङ लेखन गर्दा ५ हजारदेखि ५० हजार रुपैयाँ

    स्वागतद्वार वा गेट निर्माण गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँ

    रुखविरुवामा क्षति पुर्‍याएमा ५ सयदेखि ५० हजार रुपैयाँसम्म जरिवाना

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij