Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

प्रधानमन्त्रीद्वारा प्रसूति गृहको उद्घाटन

प्रधानमन्त्रीद्वारा प्रसूति गृहको उद्घाटन

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका-६ मा नवनिर्मित प्रसुति गृहको उद्घाटन गरेका छन् । मटिहानी नगरपालिका-८ मा बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटनपश्चात प्रधानमन्त्री ओली मटिहानी-६ मा पुगेर प्रसुति गृहको उद्घाटन गरेका हुन् ।

    images
    images
    images

    राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोडको लागतमा निर्माण गरिएको सो प्रसुति गृहको उद्घाटन प्रधानमन्त्री ओलीले गरेका छन् । पाँच शैयाको प्रसुति गृहको उद्घाटनसँगै यसक्षेत्रका प्रसुति हुने महिला लाभान्वित हुने जनाइएको छ ।

    images

    मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकामा बजेट अभावमा ५० शैयाको अस्पताल बनाउन नसकिएको बताउँदै पाँच शैयाको प्रसुति गृह निर्माणबाट आमा र बच्चा दुवैको स्वास्थ्य बचाउन सकिने बताए ।

    नवनिर्मित प्रसुतिगृहमा अपरेशन कोठा, एनआइसी कोठा, डिलेभरी कोठा, वेटिँग रुम, ओपिडी कोठा, फार्मेसी कोठा, नर्सिग कोठा, शौचालय, सोधपुछ लगायतका सुविधा सम्पन्न कोठाहरु रहेका छन् । मटिहानीबासीहरुले प्रसुति गृह निर्माणसँगै शल्यक्रिया, नवजात शिशुहरुको लागी राम्रो हुने उनले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij