Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हमास

गाजामा भोकमरीका कारण अहिलेसम्म ११३ जनाको मृत्यु

गाजामा भोकमरीका कारण अहिलेसम्म ११३ जनाको मृत्यु

  • काठमाडौँ । गाजामा रहेको कुपोषणका कारण थप २ जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा अनिकाल र कुपोषणका कारण थप दुई जनाको मृत्यु रेकर्ड गरिएको जनाएको छ ।

    AGNI GROUP

    यससँगै, भोकमरीका कारण मृत्यु भएकाहरूको कुल संख्या ११३ पुगेको छ। यस हप्ताको सुरुमा, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको २१ लाख जनसंख्याले आधारभूत आपूर्तिको गम्भीर अभावको सामना गरिरहेको र कुपोषण बढ्दै गएको बताएका थिए ।

    गाजामा लाखौं मानिसहरूसँग आफैंलाई खुवाउन पर्याप्त खाना नभएको बताइएको छ ।साथै विश्वभरका मानव अधिकार संगठनहरू र सहायता एजेन्सीहरू आफ्नै मानिसहरू लाई खाना उपलब्ध गराउन संघर्ष गरिरहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij