Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

रुसी जहाज

५० यात्रु बोकेको रुसी जहाज साइबेरियामा बेपत्ता, खोजी कार्य तीव्र

५० यात्रु बोकेको रुसी जहाज साइबेरियामा बेपत्ता, खोजी कार्य तीव्र

  • काठमाडौँ । रुसको साइबेरिया क्षेत्रमा एक यात्रुबाहक जहाज बेपत्ता भएको छ । स्थानीय समयअनुसार बुधबार रातिदेखि जहाजको रुसी हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क टुटेको हो । उक्त जहाजमा करिब ५० यात्रु सवार रहेको बताइएको छ ।

    images
    images
    images

    प्रारम्भिक जानकारी अनुसार जहाज रुस–चीन सीमा नजिकैको क्षेत्रतर्फ उडान गरिरहेको थियो । जहाज साइबेरियाको एक क्षेत्रीय एयरलाइनसँग सम्बन्धित रहेको र खराब मौसमका कारण सम्पर्क टुटेको हुन सक्ने अनुमान गरिएको छ ।

    images

    रुसी सञ्चार माध्यमका अनुसार, जहाजको अन्तिम सम्पर्क राति १० बजेको आसपासमा भएको थियो । रुसी आपतकालीन सेवा र हवाई खोजी टोलीले जहाजको खोजी कार्य तीव्र पारेको छ ।

    साइबेरियाको दुर्गम जंगल र पहाडी क्षेत्रमा खोजी कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् । मौसम विभागले उक्त क्षेत्रमा बाक्लो कुहिरो र वर्षा भएको जनाएको छ, जसले खोजी कार्यमा थप जटिलता थपिएको छ।

    स्थानीय प्रशासनले जहाजमा सवार यात्रुहरूको परिवारलाई सूचित गरिएको र उनीहरूको सहयोगका लागि हटलाइन स्थापना गरिएको जनाएको छ । घटनाको कारणबारे अनुसन्धान सुरु भएको छ, तर हालसम्म कुनै ठोस जानकारी प्राप्त भएको छैन ।

    images

    यसअघि पनि रुसमा यस्ता हवाई दुर्घटना र जहाज बेपत्ताका घटना भएका छन् । सन् २०२१ मा कमचट्का क्षेत्रमा भएको एक विमान दुर्घटनामा २८ जनाको ज्यान गएको थियो । यो घटनाले रुसी हवाई सुरक्षाबारे पुनः प्रश्न उठाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij