Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सङ्घीय पुनरावेदन अदालत

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अदालतको झट्का

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अदालतको झट्का

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठुलो झट्का लागेको छ । सङ्घीय पुनरावेदन अदालतले बुधबार अमेरिकामा जन्मेका अवैध वा अस्थायी आप्रवासीका बच्चाहरू लाई नागरिकता दिने प्रणाली खारेज गर्ने ट्रम्पको आदेशलाई असंवैधानिक घोषित गरेको छ । ९ औँ अमेरिकी पुनरावेदन सर्किट अदालतका तीन न्यायाधीशहरूको बेन्चले यो निर्णयलाई पुष्टि गर्दै ट्रम्पको आदेशले संविधानको उल्लङ्घन गरेको बताएको छ । 
    यो आदेशलाई पहिले नै सियाटल जिल्ला न्यायाधीश जोन सी.कोग्नोरले रोक लगाएका थिए । अब पुनरावेदन अदालतले पनि सो निर्णयलाई कायम राखेको छ । बहुमतको निर्णयले तल्लो अदालतले राष्ट्रपतिको आदेश अमेरिकी संविधान विरुद्ध हो भन्नु सही भएको बताएको छ । आफूहरू यससँग पूर्ण सहमत भएको र राजनीतिक लाभका लागि मात्र संविधानलाई बेवास्ता गर्न नसकिने अदालतले बताएको छ । 

    onlinepatrika
    Arghakhachi

    यस अवस्थामा संविधानको १४ औँ संशोधनको ‘नागरिकता खण्ड’ उल्लेख गरिएको थियो । यो खण्डले अमेरिकामा जन्मेका वा प्राकृतिकीकरण द्वारा नागरिकता प्राप्त गरेका व्यक्तिहरू अमेरिकी नागरिक हुन् भन्छ। ‘अमेरिकी क्षेत्राधिकार’ को परिभाषाले अमेरिकामा जन्मनु मात्र होइन,’ आमाबाबुको कानुनी स्थिति पनि महत्त्वपूर्ण अर्थ राख्ने ट्रम्प प्रशासनले तर्क गरेको थियो । 

    AGNI GROUP

    फरक–फरक परिभाषाले अराजकता निम्त्याउनेछ: अदालत

    जन्मसिद्ध नागरिकता अमेरिकाको केही भागहरूमा मान्य हुने र बाँकी भागहरूमा नहुने भयो भने कानुनी अराजकता फैलिने वाशिंगटन, एरिजोना, इलिनोइस र ओरेगन राज्यहरूले अदालतमा निवेदन दायर गर्दै भनेका थिए: ‘अदालतले यो तर्क स्वीकार गर्दै देशभर ट्रम्पको आदेशको कार्यान्वयन रोक्ने निर्णयलाई समर्थन गरेको हो।’  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij