Logo

Jul 25 2025 | २०८२, साउन ९ गते

Jul 25 2025 | २०८२, साउन ९ गते

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

  •  

    काठमाडौँ । बेइजिङस्थित भारतीय दूतावासले बिहीबार अर्थात् २४ जुलाईबाट भिसा जारी गर्ने काम सुरु हुने जानकारी दिएको छ । भारतले २४ जुलाईदेखि चिनियाँ नागरिकहरूका लागि पर्यटक भिसा सुरु गर्ने भएको हो ।

    images
    images
    images

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतको यो निर्णयप्रति खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन्- 'भारतले फेरि चिनियाँ पर्यटकहरूलाई भिसा दिनेछ । यो एक सकारात्मक कदम हो । दुई देशबीचको आवागमन धेरै लाभदायक हुनेछ । चीन निरन्तर सम्पर्कमा छ र दुई देशबीचको पर्यटन सुविधा सुधार गर्न भारतसँग वार्ता गरिरहेको छ ।'

    images

    सन् २०२० मा गलवानमा भएको घटनापछि दुई देशबीचको सम्बन्धमा धेरै तिक्तता आएको थियो । यसपछि दुवै देशले एकअर्कामाथि धेरै प्रतिबन्ध लगाएका थिए ।  दुई देशबीचको सम्बन्धमा सुधार आएपछि, जुलाई २०२५ मा पाँच वर्षपछि कैलाश मानसरोवर यात्रा सुरु भयो ।

    गत वर्ष अक्टोबरमा रूसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनको क्रममा, प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले पाँच वर्षपछि औपचारिक वार्ता गरेका थिए ।

     

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij