
Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै उनीहरूले बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।
लगत्तै सभामुख घिमिरेले रास्वपा सांसद विन्दवासिनी कंसकारलाई बोल्न दिएकोमा उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले अवरोध जारी रहने बताइन् ।
सांसद कंसाकारले तस्करहरू अझै सरकारसँग नडराएको भन्दै उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने बताइन् । स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदा समेत सरकारले नदेखेको उनले बताइन् ।
त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सँधैजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकालेविरोध जारी रहने बताएका थिए ।
दुवै दलका सांसदहरू बोलेपछि बैठक कक्षबाट बाहिरिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij