Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

बेपत्ता

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

  • काठमाडौँ । जाजरकोटमा निर्माण कार्यमा संलग्न एउटा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

    images
    images
    images

    जाजरकोटको नलगाड नगरपालिका अन्तर्गतको दल्लीबाट रिम्नातर्फ जाँदै गरेको यती बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरस्थित भेरी नदीमा खसेको हो ।

    images

    इलाका प्रहरी कार्यालय रिम्नाका अनुसार टिपरमा चालकसहित तीन जना सवार थिए । उनीहरू सबैको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।

    घटनापछि रुकुमपश्चिम र जाजरकोटबाट प्रहरी टोली परिचालन गरिएको छ तर भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

    हालसम्म बेपत्ता व्यक्तिहरूको नाम र ठेगाना खुल्न सकेको छैन ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij