Logo

Jul 22 2025 | २०८२, साउन ६ गते

Jul 22 2025 | २०८२, साउन ६ गते

३५ सयले बढ्यो सुनको भाउ !

३५ सयले बढ्यो सुनको भाउ !

  • काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार लगातार पाँच दिनदेखि छापावाल सुनको मूल्य बढिरहेको छ । आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर १ लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

    images

    यसअघि सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको थियो । झन् त्यसअघि गत बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ तोलामा क्रमश: ३ सय, २ सय र ८ सय रुपैयाँले बढेको थियो । समग्रमा सुनको मूल्य पाँच दिनमा ३५ सय रुपैयाँले बढेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij