Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

रुसी विमानस्थलहरू अस्थायी रूपमा बन्द

रुसी विमानस्थलहरू अस्थायी रूपमा बन्द

  • काठमाडौं । रुसमा युक्रेनी ड्रोन आक्रमणका कारण मस्कोका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

    images
    images
    images

    विमानस्थलहरू बन्द हुँदा कम्तीमा १४० उडानहरू रद्द गरिएका छन् । स्थानीय अधिकारीहरूले यो जानकारी दिएका छन् ।

    images

    रुसी रक्षा मन्त्रालयका अनुसार शनिबार बिहानदेखि रुसमाथि २३० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालिएका छन्, जसमध्ये २७ वटा राजधानी मस्कोमाथि खसालिएका छन् ।

    रुसको उड्डयन अनुगमन एजेन्सीका अनुसार मस्कोका चार प्रमुख विमानस्थलहरूमा काम रोकिएको छ र १३० भन्दा बढी उडानहरू डाइभर्ट गरिएको छ ।

    यसैबीच, स्थानीय अधिकारीहरूका अनुसार युक्रेनमा राति गरिएको रुसी हवाई आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

    images

    रूसी टुर अपरेटर एसोसिएसनले आइतबार भनेको छ कि आक्रमणका कारण २४ घण्टामा मस्को विमानस्थलहरू १० पटक बन्द गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij