Logo

Aug 13 2025 | २०८२, साउन २८ गते

Aug 13 2025 | २०८२, साउन २८ गते

कपिलवस्तु

सर्पले डसेर १४ महिने शिशुको मृत्यु

सर्पले डसेर १४ महिने शिशुको मृत्यु

  • काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो ।

    images
    images
    images

    सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो ।

    images

    उपचारका लागि केन्द्रमा लैजाने क्रममा शिशुको बाटोमै मृत्यु भएको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए।

    गाउँमा सर्पको आतङ्क बढ्दो भए पनि प्रभावकारी उपचार सेवाको अभावले ज्यान जाने गरेको स्थानीयले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij