Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सर बनिन् पूर्णिमा श्रेष्ठ

विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सर बनिन् पूर्णिमा श्रेष्ठ

  • काठमाडाैं । दक्षिण एशियाको ६० वर्षभन्दा लामो इतिहास बोकेको अग्रणी किचनवेयर ब्रान्ड विनोद कुकवेयर ईन्डियाले नेपालमा आफ्नो उत्पादन प्रवद्र्धनका लागि सुप्रसिद्ध पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सर नियुक्त गरेको छ।

    onlinepatrika
    Arghakhachi

    “आइरन लेडी” को नामले परिचित श्रेष्ठसँगको सहकार्यले ब्रान्डको पहिचान र भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।

    AGNI GROUP

    नेपालमा विनोद कुकवेयर ईन्डियाका उत्पादनहरू इन्टरनेशनल डिस्ट्रिब्युटर्स प्रा.लि. (आईडीपिएल नेपाल) मार्फत भाटभटेनीसँगको सहकार्यमा उपलब्ध छन् । कम्पनीले प्रभावकारी खुद्रा र वितरण सञ्जालमार्फत नेपाली बजारमा ब्रान्डको उपस्थिति सुदृढ पार्दै आएको बताइएको छ ।

    विनोद कुकवेयर ईन्डिया गुणस्तर, दिगोपन र स्वस्थ जीवनशैलीप्रति गहिरो प्रतिबद्धता राख्ने ब्रान्ड हो । स्यान्डविच बटम र ट्राईप्लाई प्रविधिको अग्रणीका रूपमा चिनिएको ब्रान्डले स्टेनलेस स्टिल, हार्ड एनोडाइज्ड, कास्ट आइरनदेखि प्रेशर कुकिङसम्मका भरपर्दा उत्पादनहरू प्रस्तुत गर्दै आएको छ। सन्तुलित मूल्य र उच्च गुणस्तरका उत्पादनहरूले यस ब्रान्डलाई एशियादेखि मध्यपूर्व, क्यानडा, अमेरिका र युरोपसम्म लाखौं उपभोक्तामाझ लोकप्रिय बनाएको छ ।

    ब्रान्डको कास्ट आइरन उत्पादनहरू विशेष लोकप्रिय छन् । दुई पटक प्री–सीजन गरिएको, रासायनिक कोटिंगरहित र प्राकृतिक नन–स्टिक सतहसहितको टिकाउ संरचनाले यी उत्पादनहरूलाई नियमित भान्साका लागि भरपर्दो बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij