
Jul 17 2025 | २०८२, साउन १ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउने सङ्क्रान्ति पर्वको अवसरमा शुभकामना दिएका छन् ।
बिहीबार सामाजिक सञ्जाल मार्फत उनले साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् भन्दै शुभकामना दिए ।
उनले भने,आज साउने सङ्क्रान्ति । साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ।
साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् । साउने सङ्क्रान्तिको शुभकामना ’।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij