
Jul 17 2025 | २०८२, साउन १ गते
काठमाडौं । लगातारको वर्षाले हेटौंडा–काठमाडौ जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ वर्षायामभरि बारम्बार अवरुद्ध हुने र पुनः सञ्चालनमा ल्याउने क्रम दोहोरिइरहेको छ।
बाढी, पहिरो, र नदी कटानका कारण यो सडकखण्डमा नियमित रुपमा सवारी सञ्चालनमा समस्या आइरहेको छ।गत जेठदेखि असारसम्म सक्रिय मनसुनसँगै कान्तिलोकपथ सडकका विभिन्न स्थानमा पहिरो र कटानका कारण सवारी आवागमन अवरुद्ध भइरह्यो ।
यद्यपि सडक आयोजनाको सहयोगमा खुलाउने प्रयासहरू भइरहे पनि यात्रुहरूले जोखिमपूर्ण र कठिन यात्रा गर्नुपरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij