Logo

Jul 30 2025 | २०८२, साउन १४ गते

Jul 30 2025 | २०८२, साउन १४ गते

नेपाल टेलिकमको इन्टरनेटमा समस्या

नेपाल टेलिकमको इन्टरनेटमा समस्या

  • काठमाडौं। नेपाल टेलिकमले उपलब्ध गराउने इन्टरनेटमा सोमवार मध्य रातिदेखि समस्या आएको छ ।

    images
    images
    images

    नेपाल टेलिकमले एउटा विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय सेवा प्रदायकहरुबाट इन्टरनेट सेवा खरिद गरी ग्राहकलाई सेवा प्रदान गर्दै आएको असार २४ गते बिहान १:३० बजेदेखि एउटा सेवा प्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको हुँदा सम्पूर्ण ट्राफिकहरु वैकल्पिक सेवा प्रदायकबाट सञ्चालनमा रहेकोले उक्त लिङ्कमा चाप पर्न गई नेपाल टेलिकमको इन्टरनेट सेवाको स्पिडमा केही समस्या उत्पन्न भएको जनाएको छ ।

    images

    टेलिकमले तत्काल समस्या समाधान गरी सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको व्यहोरा अनुरोध गरेको छ ।

    अप्रत्याशित रुपमा सिर्जित परिस्थितिका कारण सेवामा समस्या उत्पन्न भई ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमा मागेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij