Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सरकारले काठमाडौं सहित १३ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ ।
गृह मन्त्रालयले काठमाडौंको सिडिओमा छविलाल रिजाललाई ल्याएको छ भने काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई भने गृह मन्त्रालयमा तानिएको छ ।
त्यस्तै सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा, मुगु, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, ताप्लेजुङ, डोल्पा, हुम्ला र रुकुम पूर्वको सिडिओ हेरफेर गरिएको छ । ती जिल्लामा रहेका सिडिओहरू अनोज कुमार घिमिरे, अर्जुन पौडेल, मातृका आचार्य, मेघनाथ पाध्या, कमलप्रसाद पाण्डे, गुरुदत्त ढकाल, नारायणप्रसाद भट्टराई, कुलबहादुर जीसी, नेत्रप्रसाद शर्मा, रोमबहादुर महत, नारायण पाण्डेय र रुद्रप्रसाद न्यौपानेलाई गृहमा तानिएको छ ।
त्यस्तै गणेशप्रसाद पौडेललाई बाजुरा, लिलाकुमारी केसी पाण्डे सोलुखुम्बु, राजेश पन्थीलाई रसुवा, नवराज पौडेललाई मनाङ, शिवराज सेढाइलाई ताप्लेजुङ, खडानन्द खत्रीलाई मुगु, सिता परियारलाई रुकुम पूर्व, बद्रीप्रसाद तिवारीलाई म्याग्दी, गोकर्ण राज सुयल कालिकोट, दिनेशप्रसाद थानीलाई रुकुम पश्चिम, भीमराज कोइराला लाई डोल्पा र टेककुमार रेग्मीलाई हुम्लाको सिडिओ बनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij