Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भूकम्पीय झड्का

जापानमा ९०० भन्दा बढी भूकम्पका झड्का

जापानमा ९०० भन्दा बढी भूकम्पका झड्का

  • काठमाडौं । जापानको दक्षिणी भागमा रहेको एक टापुमा गएको दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्काको महसुस गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    भूकम्पका कारण कुनै ठूलो क्षति भएको खबर प्राप्त भएको छैन, तर जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको दक्षिणमा रहेको तोकारा टापु शृङ्खलामा अपराह्न ३ः३० बजे ५.५ म्याग्निच्यूडको भूकम्प गएपछि आपतकालीन पत्रकार सम्मेलन गरेको थियो ।

    AGNI GROUP

    भूकम्प तथा सुनामी अवलोकन विभागका निर्देशक आयताका एबिताले भने, ‘जुन २१ देखि टोकारा टापु श्रृङ्खला वरपरका समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय छ । आज अपरान्ह ४ बजेसम्ममा यो सङ्ख्या ९०० नाघेको छ। यसको अन्त्य कहिले हुन्छ, अनुमान गर्न कठिन भएको छ ।’

    टोकारा गाउँ प्रशासनले आफ्नो वेबसाइटमा भनेको छ, ‘लगातारको भूकम्पीय गतिविधिका कारण त्यहाँका बासिन्दामा ठूलो भूकम्पको त्रास बढेको छ । उनीहरू केही दिनदेखि राम्ररी सुत्नसम्म सकेका छैनन् । थकित भएका छन् ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij