
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । भारतको देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । भारतिय सञ्चार माध्यमहरुका अनुसार उत्तराखण्डमा छ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताएका छन् ।
भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचारको पुष्टि गर्दै भने, “रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको बारेमा धेरै दुखद खबर प्राप्त भएको छ । एसडीआरएफ, स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन् । म सबै यात्रुहरूको सुरक्षाको लागि बाबा केदारलाई प्रार्थना गर्दछु।”
यसअघि बिहीबार दिउँसो भारतको अहमदाबदबाट बेलायतको लन्डन प्रस्थान गरेको एयर इन्डीयाको जहाज पनि दुर्घटना भएको थियो । उक्त जहाजमा चालकदलका सदस्य र यात्रु सहित २४२ जना सवार थिए । जसमा एक जना यात्रु मात्रै बाँच्न सफल भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij