Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

इजरायलमा इरानको आक्रमणमा परी थप चार जनाको मृत्यु

इजरायलमा इरानको आक्रमणमा परी थप चार जनाको मृत्यु

  • काठमाडौं । इजरायली आपत्‌कालीन सेवा मेगन डेभिड एडोम (एमडीए) ले तेल अभिभको दक्षिणमा रहेको बाट याम शहरको एक भवनमा इरानी आक्रमणमा चार जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको बताएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीया महिला, १० वर्षीय बालक र एक बालिका रहेका छन् ।

    images

    इजरायली मिडियाका अनुसार उत्तरी शहर ताम्रा र हाइफा नजिकैको आवासीय क्षेत्रमा पनि आक्रमण भएको थियो, जसमा दुवै ठाउँमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ।

    आइतबार इरानले पनि इजरायलमाथि आक्रमण गरेको थियो । इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पूर्वाधारलाई पनि निशाना बनाएको दाबी गरेको छ ।

    यसका साथै, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले इजरायललाई चेतावनी दिएको छ, “यदि इजरायलले आक्रमण जारी राख्यो भने, इरानले इजरायलमाथि अझ तीव्र गतिमा आक्रमण गर्नेछ ।” –

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij