
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलाको १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुन तोलाको १ लाख ९२ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij