Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

विमान दुर्घटना

एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित

एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित

  • काठमाडौं । भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन भएको र एक जना जीवित रहेको एअर इन्डियाले जनाएको छ ।

    images
    images
    images

    एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटना हुँदा एक मात्र यात्रु जीवित रहेको र अस्पतालमा उपचार भइरहेको बताएको छ ।

    images

    भयानक विमान दुर्घटनामा बाँच्न सफल ब्रिटिश नागरिक विश्वास कुमार रमेशलाई आफू कसरी बच्न सकेँ भनेर थाहा नभएको उनका आफन्तहरूले बताएका छन् ।

    विश्वास कुमार उक्त बोइङ् ७८७ उडानमा ११ ए अङ्कको सिटमा थिए । अहिले सामाजिक सञ्जालमा राखिएका भिडिओमा रमेश एम्बुलेन्सतर्फ हिँडिरहेको देखिन्छ, पछाडि धुवाँको मुस्लो छ ।

    घाईते रमेशलाई भारतीय गृहमन्त्री अमित शाहले अस्पतालमा पुगी भेटेका छन् ।

    images

    भारतमा जन्मिएका उनी यूकेमा सन् २००३ देखि बस्दै आएका थिए । उनको पत्नी र चार वर्षीय एक छोरा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij