Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

पक्राउ

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

  • काठमाडौं । राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ सहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ ।

    images
    images
    images

    बरामद गरिएका मुद्रा मध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

    images

    नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताउनुभयो ।

    उनीहरू भरियाका रूपमा रहेका भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन् । चालु आवमा भएको बरामदको विवरण अनुसार बुटवल आसपासबाट मात्रै रु तीन करोड ४६ लाखभन्दा बढी अवैध रकम बरामद भएको अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विदेशी मुद्राको अवैध कारोबारमा भारतीय मुद्रा, अमेरिकी डलर, युएई दिराम तथा नेपाली रुपैयाँ रहेका छन् ।

    images

    प्रमुख अनुसन्धान अधिकृत घिमिरेले आपराधिक गतिविधि माथि सुदृढ अनुगमन, प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वय मार्फत कडाइका साथ नियन्त्रणको अभियान सञ्चालन गरिएको बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij