Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

लस एन्जलसमा कर्फ्यू

लस एन्जलसमा कर्फ्यू

  • काठमाडौं । अमेरिकाको लस एन्जलसमा आप्रवासन छापामाथि भएको विरोध प्रदर्शन र हिंसापछि पक्राउ सुरु भएको छ । लस एन्जलसमा ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिएको छ र कर्फ्यू उल्लङ्घन गर्ने दर्जनौं मानिसहरूलाई पक्राउ गरिएको छ ।

    images
    images
    images

    यद्यपि, सडकमा अमेरिकी मरीन वा राष्ट्रिय गार्ड सिपाहीहरूको उपस्थिति नदेखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images

    लस एन्जलस प्रहरी विभागले लस एन्जलसका केही भागहरूमा कर्फ्यू लगाइएको बताएको छ । लस एन्जलस प्रहरी विभागले अहिले सामूहिक गिरफ्तारी सुरु भइरहेको जानकारी दिएको छ । लस एन्जलसका मेयर करेन बासले आप्रवासन छापा विरुद्धको विरोध प्रदर्शनको क्रममा लुटपाट र हिंसासँग जुध्न आंशिक कर्फ्यू लगाएकी छिन् ।

    आप्रवासन छापा मार्ने विरुद्ध सुरु भएको विरोध प्रदर्शन अमेरिकाका कम्तिमा नौ अन्य शहरहरूमा फैलिएको छ ।

    लस एन्जलसमा अप्रवासीको खोजीमा व्यापक छापामारी शुरु भएपछि हिंसात्मक प्रदर्शन जारी रहेको छ । केन्द्र सरकारले राज्य सरकारको अनुमति बिना हिंसात्मक प्रदर्शन रोक्न ४ हजार नेशनल गार्ड र ७०० ७०० मरीन कमाण्डो तैनाथ गरेको छ  ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij