Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द

अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द

  • काठमाडौं । कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जसका कारण इटहरी लगायत प्रदेशका विभिन्न पालिकाले विद्यालय वन्द गर्ने निर्णय नै गराएका छन् ।

    images
    images
    images

    तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेपछि बालबालिकाको स्वास्थ्यमा असर पर्ने चिन्तासहित स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय लिएका हुन् । विराटनगर महानगरपालिकाले जारी गरेको सूचनामा आज (२८ गते) सहित भोली र पर्सि विद्यालय बन्द गर्न निर्देशन नै दिएको छ ।

    images

    यसैगरी इटहरी उपमहानगरपालिकाले समेत आजका लागि दिएको विदा थप गरेर भोली र पर्सिसम्मै कायम गरिरिदिएको छ । प्राप्त जानकारी अनुसार सुनसरीकै इनरुवा नगरपालिका र झापाको कमल गाउँपालिकाका विद्यालय समेत बन्द गर्ने निर्णय भएको हो ।  

    कोशी प्रदेशका तराईका जिल्लाहरूमा पछिल्ला केही दिनदेखि लगातार गर्मी बढिरहेको छ । मौसममा हावा नचल्ने र आकाश खुलेकै अवस्थामा तापक्रम उच्च हुने क्रम जारी रहेकाले सर्वसाधारणको दैनिकीसमेत प्रभावित भएको देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij