
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना भएको छ । धनगढी लेन सडकको बोराडाँडी चोकमा साइकल यात्रीलाई बचाउने क्रममा तरकारी बोकेको रा १ च १२९८ नम्बरको बोलेरो जिप दुर्घटना भएको प्रहरीले बताएको छ ।
दाङको घोराही ७ बस्ने २३ वर्षीय बिरबहादुर चौधरीले चलाएको जिप आज बिहान दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij