Logo

Jun 03 2025 | २०८२, जेठ २० गते

Jun 03 2025 | २०८२, जेठ २० गते

प्रहरी हस्तक्षेपको प्रतिकार गर्ने राजेन्द्र लिङ्देनको घोषणा

प्रहरी हस्तक्षेपको प्रतिकार गर्ने राजेन्द्र लिङ्देनको घोषणा

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरे प्रतिकारमा उत्रिने घोषणा गरेका छन् ।

    images
    images
    images

    जनआन्दोलनका क्रममा आज नक्सालस्थित नारायणचौरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले आफूहरू सरकारले जता नहिँड भन्यो त्यता नहिँडेको र जता जता हिँड भन्यो त्यतै त्यतै हिँडिरहेको अवस्थामा पनि प्रहरीले आन्दोलनकारीमाथि हस्तक्षेप गर्‍यो भने नसहने भन्दै प्रतिकार गर्ने घोषणा गरेका हुन् ।

    images

    ‘एउटा जिम्मेवार नेतृत्वको हिसाबले मैले भनिराखेको छु, हामीले आजै निषेधित क्षेत्र तोडिहाल्ने कुनै योजना बनाएका छैनौँ । तर, तपाईंहरूले कान खोलेर सुन्नुहोस्, तपाईंहरूले जहाँ भन्यो, त्यहाँ जाने यताबाट हिँड उताबाट हिँड् भनेर नियन्त्रण गर्न खोज्नुभयो भने हामी मान्दैनौं,’ अध्यक्ष लिङ्देनले भने ।

    निषेधित क्षेत्र नतोकिएका कुनै पनि ठाउँमा आफूहरूले निर्वाचन प्रदर्शन गर्न पाउनुपर्ने भनाइ अध्यक्ष लिङ्देनको छ ।

    तर, उनले यसतो घोषणा गरेको केही घण्टा पनि बित्न नपाउँदै राजावादी दल राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij