
Jun 03 2025 | २०८२, जेठ २० गते
काठमाडौं । चितवनमा जंगली च्याउ खाँदा पाँचजना बिरामी परेका छन् ।
जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा शनिबार भरतपुर महानगपालिका–२९ लामागाँउकी पुन्टी गुरुङको परिवारका चारजना र एकजना छिमेकी बिरामी परेका हुन् ।
बिरामी पर्नेमा ८२ वर्षीया पुन्टी गुरुङ, उनका छोरा ४० वर्षीय धनबहादुर गुरुङ, बुहारी ३५ वर्षीया मनमाया गुरुङ, चार वर्षकी नातिनी आरिया गुरुङ र छिमेकी ४५ वर्षीया सानुमाया परियार छन् ।
बिरामीमध्ये छोरा धनबहादुर र बुहारी मनमायाको अवस्था गम्भीर छ । अन्य बिरामीको अवस्था मध्यम रहेको र सबैको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij