
Jun 03 2025 | २०८२, जेठ २० गते
काठमाडौं। डोटी सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
जिल्लाको के.आई.सिंह गाउँपालिका -५, केदार गाउँस्थित दिपायल बोगटान सडक खण्डमा दुर्घटना हुदाँ बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिन बहादुर बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते बमलाइ उपचारको लागि शैलेश्वरी अस्पताल पुर्याइएको थियो। उनलाई चिकित्सक चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-१८ फुलबारीका हरिचन्द्र चौधरीले चलाएको सु.प.प्र. ०१ ००१ ज १४६४ नं. को बोलेरो जीप दुर्घटना भएको हो । प्रहरीका अनुसार जीप मोडमा अनियन्त्रित भई सडकबाट अं १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij