
Jun 03 2025 | २०८२, जेठ २० गते
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्न मधेश प्रदेश जाने भएका छन्।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आईतवार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो ।
प्रधानमन्त्री ओली भोली जनकपुरधाम स्थित निधी भवनमा डिजिटल प्रविधीबाट एकैपटक मधेशको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक-एक सडक गरि ६४ सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij