Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

जनता सबैभन्दा ठूलो होः डा.गोविन्द केसी

जनता सबैभन्दा ठूलो होः डा.गोविन्द केसी

  • काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली बेइमान तानाशाह भएको बताएका छन् । नागरिक समाजको आन्दोलनमा सम्बोधन गर्दै उनले उनलाई सडकको भाषा सुन्ने बनाउने बताए । जसरी रानीपोखरीलाई कक्रिटइजेसन गरिदै छ, त्यसैगरी नेपालको मौलिक संविधानलाई पनि कंक्रिटाइजेसन गर्नेतर्फ ओलीको सरकार अगाडि बढेको छ । यस्तो हुनबाट हामीले जोगाउनुपर्छ ।

    images
    images
    images

    ओली तानाशाह त हुन्, तर, इमान्दार भए पनि त हुन्थ्यो । कुनै इमान्दारिता, नैतिकता छैन, जे मन लाग्यो त्यही भन्दै हिँडेका छन् । शहीदले आहुति दिएर ल्याएको संविधानलाई तोडमोड र बलात्कार गरी संसद विघटन गरे । संविधानले नदिएको अधिकार प्रयोग गरे । अहिले ओलीले संसद विघटन गरेर न्यायपालिकालाई पनि दवाव दिइरहेका छन् । ओलीले अदालतलाई अहिलेको निर्णय राजनीतिक भएकाले त्यसमा प्रवेश नगर्न भनेका छन् । तर, प्रधानमन्त्री नै संविधानको भक्षक भएर निस्किए भनेपछि अब त्यसको रक्षा गर्ने कर्तव्य न्यायपालिकाको हो ।

    जनता सबैभन्दा ठूलो हो । हामीले कसैको होइन जनताको भाषा बोल्नुपर्छ । संविधान पनि जनताकै हकहितको लागि बनाइएको हो । तर, संविधानलाई नै निस्तेज गरेपछि रक्षा गर्न न्यायलयमा पुगेको छ । त्यसैले अहिले अदालत जनताको निगरानीमा छ । यदि अदालतबाट पनि संविधानको रक्षा भएन भने जनता सडकमा उत्रिन्छन् । विद्वान न्यायाधीशहरु भएकाले यस्तो कुरा भनिराख्नुपर्दैन । तर, खबरदारी भने गरिराख्नुपर्ने अवस्था छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij