
May 08 2025 | २०८२, वैशाख २५ गते
फागुन २२ मा जनक भट्टराई एआईजीमा बढुवा भएसँगै कर्णाली डीआईजीविहीन छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले २१ वैशाखमा ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरे । सो सरुवा सूचीअनुसार ६ प्रदेशका प्रहरी प्रमुख फेरिए । तर, कर्णालीमा डीआईजी पठाइएन । फागुन २२ मा जनक भट्टराई एआईजीमा बढुवा भएसँगै कर्णाली डीआईजीविहीन छ ।
प्रहरीमा जनपद समूहतर्फ १० जना डीआईजी पद रिक्त छ । वैशाख १५ गते मन्त्रिपरिषद्ले एआईजीहरू चन्द्रकुवेर खापुङ, कृष्णहरी शर्मा, लालमणि आचार्य, डा. मनोज केसी, दान बहादुर कार्की र राजन अधिकारीको पदस्थापन गरेको थियो ।
यता बढुवा समितिले डीआईजी बढुवा सिफारिस गर्न सकेको छैन । डीआईजी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij