Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ

स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ

  • काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट स्रोत नखुलेको ठूलो रकमसहित चार जना पक्राउ परेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी  एसपी अपीलराज बोहराका अनुसार, दुई वटा मोटरसाइकलमा सवार ४ जनालाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले जाँच गर्दा उनीहरूका साथबाट ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो ।

    पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ, र सोही गाउँपालिका–३ का ३९ वर्षीय सन्तोष घिमिरे छन् ।

    प्रहरीका अनुसार उक्त रकमको स्रोत खुलेको छैन र हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । एसपी बोहरा भन्छन्, उनीहरू शंकास्पद अवस्थामा रहेका कारण चेकजाँच गर्दा झोलामा लुकाइएको नगद फेला परेको हो । 

    प्रहरीले यस बिषयमा अनुसन्धान गरि रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij