Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

टेनिस प्रतियोगिता

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

सञ्चालित प्रतियोगितामा १५ महिला सहित एक सय ९६  खेलाडीले विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

  • काठमाडौं । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय  टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ ।

    images
    images
    images

    सैनिक मुख्यालय जंगीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मलकुमार थापाले निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गरे । 

    सैनिक तालिम महानिर्र्देशनालय द्वारा सञ्चालित प्रतियोगितामा १५ महिला सहित एक सय ९६  खेलाडीले विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

    यही वैशाख  २८ गतेसम्म चल्ने तेस्रो संस्करणको उक्त प्रतियोगितामा विभिन्न नौवटा क्लबका खेलाडीको सहभागिता छ ।

    खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयसाथ प्रतियोगिता हुँदै आएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij