
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित सुकुम्वासी जागृत टोलमा आज एक ४५ वर्षीया महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले दिएको जानकारी अनुसार बिना श्रेष्ठ नामक ती महिलाले श्रीमानसँगको विवादपछि सोमबार राति आत्मदाहको प्रयास गरेकी हुन् ।
आगो लगाएलगत्तै परिवारका सदस्यहरूले उनलाई नयाँ बजारस्थित पिपल्स अस्पताल पुर्याएका थिए । अस्पतालका चिकित्सकहरूका अनुसार उनको पेट, छाती र बायाँ हातको करिब २५ प्रतिशत भाग जलेको छ ।
घटनाको सम्बन्धमा प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको एसपी बोहराले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij