Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आजबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल लिन अनलाइन सेवा

आजबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल लिन अनलाइन सेवा

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । 

    images
    images
    images

    परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न अनलाइन सेवा सुरु गरिएको उनले बताए । परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ ।

    आफ्नै पद्धति तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको दाबी गर्दै परीक्षा नियन्त्रक जोशीले भने, ‘वैशाख २ गते बिहान ११ बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा संचालन हुने जानकारी गराउँदछु ।

    अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना अनुसार २०८२ साल जेष्ठ १५ गतेदेखि त्रि.वि.प.नि.का. बल्खुबाट दिइने सम्पूर्ण सेवाहरु अनलाइनबाट सञ्चालन गरिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij