Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु

तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु

  • काठमाडौं । भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु गरेको छ ।

    images
    images
    images

    आयोगले भानु नगरपालिका–२, व्यास नगरपालिका–१२ र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गरेको हो । वर्तमान आयोग गठन भएपछि यसअघिको आयोगले गरेको कामलाई निरन्तरता दिइएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिनुभयो ।

    ती वडाहरुमा यसअघि जग्गा नापजाँचको काम सुरु भएर आयोग विघटन भएपछि काम रोकिएको थियो । कार्कीले भन्नुभयो, “यसअघिको आयोगले काम सुरु गरेर जहाँ रोकिएको थियो, त्यही अधुरो कामलाई नै निरन्तरता दिने निर्णय भएको छ, सोहीबमोजिम जग्गा नापजाँच सुरु गरेका छौँ, व्यास–१२ र शुक्लागण्डकी–७ मा पचास प्रतिशत काम सम्पन्न भइसकेको छ ।”

    आयोगले भानु नगरपालिका, व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका शुक्लागण्डकी नगरपालिकामा अभिमुखीकरण सम्पन्न गरिसकेको छ । जिल्लास्थित सबै स्थानीय तहमा पुगेर आयोगको काम, कर्तव्य र पालिकाको दायित्वका विषयमा अभिमुखीकरण गरिएको कार्कीले जानकारी दिनुभयो ।

    आयोगले तनहुँमा २६ हजार ११७ भूमिहीनको लगत सङ्कलन गरेको छ । आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार ११७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने कार्य सकिएको जानकारी दिनुभयो । त्यस्तै छ हजार ७७३ कित्तामा नाप नक्सा भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार ६२४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ । त्यस्तै १३ जनालाई लालपुर्जा नै वितरण भइसकेको छ । 

    आयोगका सदस्य सचिव सिंहका अनुसार शुक्लागण्डकीमा दुई हजार ८४१, देवघाटमा दुई हजार ३६२, आँबुखैरेनीमा एक हजार ५२९ कित्ताको नाप नक्सा भइसकेको छ । त्यस्तै शुक्लागण्डकीका वडा नम्बर २, ७ र ८ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजन भइरहेको छ भने देवघाटको वडा नम्बर ५ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजनको काम भइरहेको छ । यस्तै आँबुखैरेनीका पनि सबै वडाको नाप नक्सा सम्पन्न भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij