Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

म्यानमारमा भूकम्पमा परी १,७०० जनाको मृत्यु

म्यानमारमा भूकम्पमा परी १,७०० जनाको मृत्यु

  • काठमाडौं । शनिबार म्यानमारमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी १,७०० जनाको मृत्यु भएको छ भने ३,४०० जना घाइते भएका छन् । ३०० जना बेपत्ता भएको देशको राज्य प्रशासन परिषद्ले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    भूकम्प पश्चात त्यहाँ रहेका चिनियाँ प्रवासी र बासिन्दाहरूले राहत र उद्धारमा विशेष भूमिका निर्वाह गरिरहेका छन् । देशको दोस्रो ठूलो शहर मन्डलेमा गएको विनाशकारी भूकम्पबाट प्रभावित समुदायहरूलाई ठूलो मात्रामा राहत कार्यहरू समन्वय गर्न चिनियाँहरुले स्वयंसेवा गरिरहेका छन् ।

    AGNI GROUP

    म्यानमारमा बसोबास गर्ने चिनियाँ नागरिकहरूले सहायता सञ्जालहरू व्यवस्थित गरेर मन्डलेलगायत प्रभावित क्षेत्रहरूमा राहत र उद्धारमा क्रियाशील छन् । चन्दा सङ्कलनदेखि राजधानी याङ्गुनमा पिउने पानी, खाना र चिकित्सा सामग्रीहरू लगायत राहत सामग्रीहरू व्यवस्थापन भइरहेको छ ।

    याङ्गुनमा बसोबास गर्ने धेरै विदेशी चिनियाँहरूले मन्डलेमा उद्धार टोलीहरूलाई एन्टिसेप्टिक्स, पन्जा र मास्क जस्ता अत्यावश्यक सामग्रीहरुको  पु¥याउन रातभर १० घण्टाभन्दा बढी गाडी चलाएका थिए। धेरै रेस्टुरेन्टहरूले उद्धारकर्मीहरूलाई निःशुल्क खाना प्रदान गरेका थिए। सडकहरूमा गम्भीर क्षति भएका कारण मन्डलेको यात्रा चुनौतीपूर्ण भएको छ, केही मार्गहरूले सामान्य सात घण्टाको सट्टा १० घण्टाभन्दा बढी समय लिएका छन्।

    त्यस्तै यता, ७.७ म्याग्निच्युडको भूकम्प गएको ६५ घण्टाभन्दा बढी समयपछि, चिनियाँ उद्धारकर्ताहरूले सोमबार स्थानीय समय अनुसार बिहान ६ः२० बजे मन्डलेबाट एक गर्भवती महिलालाई बाहिर निकालेका छन्। त्यस्तै, मन्डलेस्थित स्काई भिल्ला कन्डोमिनियमको भग्नावशेषबाट चिनियाँ उद्धार टोलीले एक सानो बच्चालाई सफलतापूर्वक बाहिर निकालेका छन् ।

    भूकम्प प्रभावित क्षेत्रमा चिनियाँ उद्धार टोली सबैभन्दा बढी सक्रिय भइरहेको छ । मन्डले शहरमा सोमबार चीनको राष्ट्रिय उद्धार टोलीले भत्किएको होटलको भग्नावशेषबाट एक महिलालाई  पनि जीवितै निकालेको थियो । पाँच घण्टाको अपरेशनपछि ग्रेट वाल होटलको भग्नावशेषबाट जीवित महिलालाई निकालिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij