Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अमेरिकाले फर्कायो थप १९९ आप्रवासीलाई भेनेजुयला

अमेरिकाले फर्कायो थप १९९ आप्रवासीलाई भेनेजुयला

  • काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार भेनेजुयला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    “आज हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं,” उनले विमानस्थलबाट भने, “हामी भेनेजुयलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौं ।”

    AGNI GROUP

    प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । तिनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए ।

    शनिबार भेनेजुयलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः सुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij