Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

आइफोन १६–ई सार्वजनिक !

आइफोन १६–ई सार्वजनिक !

  • काठमाडौं । एप्पलले आफ्नो नयाँ स्मार्टफोन आइफोन १६ ई सार्वजनिक गरेको छ । यसमा एक नयाँ अपडेटेड डिजाइन र फिचरहरू समावेश छन् ।

    images
    images
    images

    यसमा, आइफोनको प्रसिद्ध होम बटन पूर्णरूपमा हटाइएको छ, र यसको सट्टा अब फेस आइडी इन्पुट प्रणाली प्रयोग गरिएको छ । आइफोन १६ ई मा एप्पलको नवीनतम ए १८ चिप रहेको छ, जसले स्मार्टफोनको प्रदर्शनलाई अझ तीव्र बनाउँछ । यसको मूल्य ५९९ डलर तोकिएको छ ।

    यो फोन आइफोन एसईको अपडेटेड भर्जन हो र यसको डिस्प्ले ६.०६ इन्चको ओएलइडी प्यानल रहेको छ। आकारमा भने, यो आइफोन १६ भन्दा अलिकति सानो छ ।

    फोनमा नयाँ कस्टमाइज गर्न मिल्ने एक्सन बटन छ, तर यसमा मेगा सेफ एक्सेसोरी र फास्ट वायरलेस चार्जिङको सुविधा उपलब्ध छैन। यो फोनमा ४८ मेगापिक्सलको रियर क्यामरा रहेको छ । साथै, यसमा वायरलेस चार्जिङ र आईपी रेटिङको वाटर रेसिस्टेन्ट क्षमतासमेत समावेश गरिएको छ । एप्पलले यस स्मार्टफोनमा आफैंको बनाएको मोडेम पनि प्रयोग गरेको छ । 

    आइफोन १६ ई प्रिअर्डरको लागि शुक्रबार, २३ फेब्रुअरीदेखि उपलब्ध हुनेछ र २८ फेब्रुअरीदेखि यो फोन बिक्रीको लागि उपलब्ध हुनेछ । आइफोन एसईको मूल्य ४२९ डलर रहेको थियो, भने आइफोन १६ ईको मूल्य भने त्यसभन्दा बढी, ५९९ डलर राखिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij