Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजीटल बोर्ड ह्याक, बोर्डमा लेखे ‘आइ लभ यू चित्रा’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजीटल बोर्ड ह्याक, बोर्डमा लेखे ‘आइ लभ यू चित्रा’

  • काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजीटल बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव राखिएको छ ।

    images
    images
    images

    धनगढीको कैलाली पुलस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजीटल बोर्ड ह्याक गरेर ‘आइ लभ यू चित्रा’ लेखिएको पाइएको छ । गर्लफ्रेन्डलाई इम्प्रेस पार्न प्रहरी कार्यालयको डिजीटल बोर्ड नै ह्याक गरेर पर्पोज गरिएको अनुमान गरिएको छ ।

    प्रहरी कार्यालयको बोर्डमा ‘आइ लभ यू चित्रा’ लेखिएको फोटो सामाजिक सञ्जालमा छाइरहेको छ ।

    प्रहरीले डिजीटल बोर्ड ह्याक भएको विषयमा बुझिरहेको बताएको छ । उक्त फोटोको तथ्य जाँच गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij