Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन्। प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार होसेई विश्वविद्यालयको तामा क्याम्पसमा दिउँसो आक्रमण भएको थियो।
जिजी प्रेसका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा सोही क्याम्पसमा समाजशास्त्र अध्ययन गर्ने २० वर्षीया एक किशोरीलाई पक्राउ गरिएको छ। एफएनएनका अनुसार आक्रमणकारी छात्रालाई थप आक्रमण गर्नबाट विश्वविद्यालयका कर्मचारीले रोकेका थिए।
जापानमा हिंसात्मक अपराधको दुर्लभ यस घटनाको बारेमा प्रहरीले एएफपीसँग तत्काल घटनाको बारेमा बिस्तृत विवरण प्राप्त भइनसकेको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij