Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

मालचरीका बथान बसाइँ सरेर आउनै छाडे

मालचरीका बथान बसाइँ सरेर आउनै छाडे

  • काठमाडौँ । दिव्यनगरस्थित फाँटबाट नारायणी नदीतर्फ उडान भरिरहेको चराको एउटा बथानले हामीलाई उत्साहित बनायो।

    images
    images
    images

    करिब तीन दर्जनको संख्यामा रहेको त्यो बथान नेपालमा कर्‍याङकुरुङ नामले चिनिने कमन क्रेनको थियो। करिब ३ घण्टा लगाएर दिव्यनगर फाँट घुम्दा सयौं संख्यामा चराहरू देखिए। तर कमन क्रेन फाट्ट–फुट्टमात्रै भेटिएका थिए।आकाशै ढाक्नेगरी मालचरा चराहरू आउँथे, जमिन चराका छायाले भरिन्थ्यो। कर्‍याङकुरुङ गर्दै खेतमा पसेर झरेको धान, कीरा, फट्यांग्रा खान्थे। सिक्रीको आकारमा उडेर आउने भएकाले स्थानीयबासी कमन क्रेनलाई मालचरा, मालचरी पनि भन्छन्। नेपालमा यसलाई लक्ष्मण सारस पनि भन्ने गरिन्छ।

    चितवनको भरतपुर–२६ मा पर्ने दिव्यनगरको धान खेत कमन क्रेनको रोजाइको ठाउँ हो। यो कर्‍याङकुरुङ प्रजातिभित्रको एक जात हो। यो प्रजातिभित्र डेमोजियल क्रेन, सारस क्रेन, ब्ल्याक नेक्ड क्रेन छन्। डेमोजियल क्रेन नेपालमा एकदमै कम बस्छन्। साइबेरियाबाट आउँदा उनीहरू मुस्ताङमा बास बस्छन् अनि भारततिर लाग्छन्।

    सारस क्रेन लुम्बिनीमा बस्छन्। उनीहरु यहीँका रैथाने हुन्। ब्ल्याक नेक्ड क्रेन निकै थोरै रेकर्ड भएका चरा हुन्। यी चरा नेपालको डोल्पामा देखिन्छन्। त्यहाँ प्रजनन् पनि गर्छन्। मुख्य बासस्थान साइबेरिया भएका कमन क्रेनहरू हरेक वर्ष नोभेम्बरमा बसाइँ सरेर यहाँ आइपुग्छन्। मार्चसम्म बसेर फर्कन्छन्।

    नेपाल पन्छीविद संघका अध्यक्ष हठन चौधरीका अनुसार यो अवधिमा साइबेरियामा हिउँ पर्ने भएकाले जाडो छल्न र खानाको खोजीमा उनीहरू दक्षिणतर्फ झर्ने गर्छन्। समुद्रको सतहबाट ११ हजार मिटर उचाइमा उडेर कमन क्रेनहरू नेपाल आउने गरेको चौधरीले बताए। कमन क्रेन सबभन्दा उचाइमा उड्ने चराहरूको सूचीमा दोस्रो नम्बरमा पर्छ। दक्षिण अमेरिकामा पाइने चरा रुपाल्स भल्चर १३ हजार मिटर उचाइमा उड्छ। तेस्रो नम्बरमा नेपालमा खोया हाँस भनिने बार हेडेड गुज पर्छ।

    हिउँदमा बसाइँ सरेका चराहरू अचेल पनि आउँछन्। तर संख्या निकै घटेको छ।’ उनका अनुसार गत वर्षको चरा गणनामा दिव्यनगर क्षेत्रमा १७ वटामात्रै कमन क्रेन भेटिएका थिए। त्यसअघिको वर्षमा १८७ वटा रेकर्ड भएका थिए। यो क्षेत्रको चरा गणनामा १० वर्षदेखि नियमित सहभागी भइरहेका चौधरीले सबभन्दा बढी कमन क्रेन ९२४० वटा० ५ वर्षअघिको गणनामा देखेको बताए।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij