Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग

कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग

  • दक्षिण कोरियाको संसदले कार्यवाहक राष्ट्रपतिविरूद्ध पनि महाभियोग लगाएको छ।मुलुकमा सैनिक कानुन लगाउने असफल प्रयासका कारण यून सुक यौल राष्ट्रपतिलाई महाभियोग लगाइएको दुई साता नबित्दै कार्यवाहक राष्ट्रपतिलाई पनि महाभियोग लगाएर हटाएको हो।

    onlinepatrika
    Arghakhachi

    यून हटाइएपछि प्रधानमन्त्रीसमेत रहेका हान डक सूलाई सैनिक कानुन लगाउने असफल प्रयासपछि भएको राजनीतिक उथपुथलको समाधान गर्ने जिम्मेवारीसहित कार्यवाहक राष्ट्रपति तोकेको थियो। विपक्षी दलहरुले कार्यवाहक राष्ट्रपति सूले यूनविरूद्धको महाभियोग प्रक्रियालाई अगाडि नबढाएको आरोप लगाउँदै उनीविरूद्ध पनि महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

    AGNI GROUP

    शुक्रबार भएको मतदानमा १९२ जनाले महाभियोग प्रस्तावको पक्षमा मतदान गरेपछि पारित भएको बिबिसीले जनाएको छ। दक्षिण कोरियामा राष्ट्रपतिसँगै कार्यवाहक राष्ट्रपति पनि महाभियोगबाट बाहिरिएको यो पहिलो राजनीतिक घटना हो। अब महाभियोगको सूचना संवैधानिक अदालतमा पुर्‍याइएपछि सुको कार्यवाहक राष्ट्रपतिको पद पनि निलम्बनमा पर्नेछ।

    अब उपप्रधानमन्त्री एवम् वित्त मन्त्री चोई साङ मकलाई कार्यवाहक राष्ट्रपति बनाउने तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। संवैधानिक अदालतले अदालतले १८० दिनभित्र उनलाई पदबाट हटाउने वा पुनर्स्थापना गर्ने भन्ने फैसला दिनुपर्नेछ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij