Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काठमाडौँ महानगर क्षेत्रभित्र खुला रूपमा फोहोरमैला जलाए कारबाही

काठमाडौँ महानगर क्षेत्रभित्र खुला रूपमा फोहोरमैला जलाए कारबाही

  • काठमाडौं । काठमाडौँ महानगर क्षेत्रभित्र खुला रूपमा फोहोरमैला जलाउन कारबाही हुने भएको छ ।

    images
    images
    images

    काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले ‘अत्यन्तै जरुरी सूचना’ जारी गरी खुला रूपमा फोहोरमैला बाल्न निषेध गरिएको जानकारी गराएको हो ।

    खुला रूपमा प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउँदा वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा असर पर्ने भएकाले यसमा प्रतिबन्ध लगाइएको महानगरपालिकाले जनाएको छ ।

    चेतावनी दिँदै सूचनमा अगाडि भनिएको छ- यस्ता कार्यहरू कहीँ कतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०५१ बमोजिम कारबाही हुने बेहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij