
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । अभियन्ता आशिका तामाङविरूद्ध प्रहरीमा उजुरी परेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले तामाङविरूद्ध प्रहरीमा उजुरी दिएको हो । तामाङले पछिल्लो समय विभिन्न क्षेत्रको विसंगतिप्रति सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आउनु भएको छ ।
उहाँले सूर्यविनायक नगरपालिकामा रहेको एक झोलुंगे पुल तर्न २० रूपैयाँ तिनुपर्ने विषयको विरोध गर्दै सामाजिक सञ्जालमा भिडिओ पोष्ट गर्नु भएको थियो । उक्त पोष्ट भाइरल भएपछि नगरपालिकाले उहाँविरूद्व जगातीमा उजुरी दिएको हो ।
नगरपालिकाले उक्त पुल पर्यटकीय दृष्टिकोणले निर्माण गरिएकाले शुल्क उठाइएको बताउँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij