
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडाैं । असोज १२ मा मतदान हुने गरी तय भएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । महासंघले विभिन्न संघसंगठनका अध्यक्षसँग गरेको छलफलपछि बिहीबार यस्तो निर्णय लिएको हो ।
महासंघले बिहीबार विभिन्न संघसंगठनका अध्यक्षसहितको बैठकमा ती जिल्ला शाखालाई १२ गतेको निर्वाचन गर्ने विषयमा सहजीकरणका निम्ति अनुरोध गर्यो । तर, कसैले पनि जिम्मेवारी नलिएपछि निर्वाचन स्थगित गरिएको महासंघका एक पदाधिकारीले बताए ।
बैठकमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्चका महासचिव अवदेश झासहितको उपस्थिति थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij