
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । पूर्वसञ्चार तथा सूचनामन्त्री रेखा शर्माका पीता घोराही दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको छ ।
केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका शर्माको स्वास्थ्यमा समस्या देखिएपछि उनीलाई आज गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका क्रममा दिउँसो ३ः१५ बजे निधन भएको अस्पतालले जनाएको छ ।
नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका वरिष्ठ साहित्यकार शर्माका झन्डै एक दर्जन कृति प्रकाशित छन् भने दर्जनौँँ कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनी निवृत्त शिक्षक पनि थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij